सेनाको वीर स्मृति कप पाँचौँ संस्करणको लन टेनिस प्रतियोगिता सम्पन्न
२०८१ पुष १६ गते मंगलवार
- प्रतियोगिताको सोमबार बलाध्यक्ष रथी प्रदीपजंग केसीले समापन गरेका गरे । प्रतियोगिताको नेपाली सेनाको मध्यपूर्वी पृतनापति उपरथी सुदर्शन सिल्वालले उद्घाटन गरेका थिए ।
रामेछाप नेपाली सेनाको श्री नं ९ वाहिनी अड्डामा सञ्चालित वीर स्मृति कप पाँचौँ संस्करणको लन टेनिस प्रतियोगिता सिन्धुलीमा सम्पन्न भएको छ ।
प्रतियोगितामा खुल्ला डबलतर्फ महासेनानी सुमन खड्का र सेनानी आदित्य प्रताप सिंह प्रथम भएका छन् । खुल्ला सिङ्गलतर्फ प्रमुख सेनानी दीपक बरुवाल प्रथम भएका छन् ।
भेट्रान्स सिङ्गलतर्फ सहायक रथी राम राणा प्रथम हुनु भएको छ भने भेट्रान्स डबलतर्फ माउर सागर बहादुर केसी र सेनानी आदित्य प्रताप सिंह प्रथम भएका छन् ।
प्रतियोगितामा भेट्रान्स डबलतर्फ, भेट्रान्स सिङ्गलतर्फ, खुल्ला सिङ्गलतर्फ र खुल्ला डबलतर्फ २४ जना सैनिक र दुई जना गैर सैनिक गरी जम्मा २६ जना खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको सोमबार बलाध्यक्ष रथी प्रदीपजंग केसीले समापन गरेका गरे । प्रतियोगिताको नेपाली सेनाको मध्यपूर्वी पृतनापति उपरथी सुदर्शन सिल्वालले उद्घाटन गरेका थिए ।
नेपाली सेनाको वीर स्मृति कप देश तथा नागरिकको रक्षाका खातिर युद्धमा लड्दै जीवन त्याग गरी वीरगति प्राप्त गर्ने सकल दर्जाको सम्झनामा २०७६ सालबाट नियमित सञ्चालन हुँदै आएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
-
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार
-
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचत
-
दुई महिनामा निर्यात ६१.९ प्रतिशत बढ्यो, व्यापार घाटा ३ खर्ब २४ अर्ब
-
दुई महिनामा ४ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’